Skip to main content

रौतहट । नेपाल-भारत पत्रकारहरूको साझा मञ्च मिडिया फर बोर्डर हार्मोनी रौतहट नेपाल द्वारा “नेपाल–भारत मैत्री संवाद” कार्यक्रमको आयोजना गरिएको छ ।
शनिवार गौर नगरपालिकाको सभाकक्षमा आयोजित संवाद कार्यक्रमका प्रमुख अतिथि पूर्व प्रधानमन्त्री एवम् रौतहट – १ का प्रतिनिधिसभा सदस्य नेकपा (एस) का अध्यक्ष माधवकुमार नेपाल रहेका थिए ।

कार्यक्रमका दौरान मिडिया फर बोर्डर हार्मोनी भारतका अध्यक्ष अमरेन्द्र तिवारीले सीमा क्षेत्रका बासिन्दाले भोग्दै आएका समस्यालाई उठाउँदै १७ बुँदे साझा माग प्रस्तुत गरे ।
कार्यक्रममा विशिष्ट अतिथिका रूपमा प्रदेश सांसद नागेन्द्र साह, रिगा विधान सभा क्षेत्रका विधायक मोतिलाल साह, गौर नगरपालिकाका नगरप्रमुख शम्भु साह, बौधीमाई नगरपालिकाका नगरप्रमुख प्रदीपकुमार यादव लगायत उपस्थित व्यक्तिहरूले सीमा क्षेत्रका समस्या र साझा मागहरू प्रस्तुत गरेका थिए ।


नेपाल–भारतबिचको आपसी सम्बन्धलाई अझ सुदृढ बनाउन तथा सीमावर्ती जनताका समस्या समाधानका लागि पत्रकार, सञ्चार कर्मी, राजनीतिक दलका नेताहरू तथा सामाजिक अभियन्ताहरूको सहभागितामा कार्यक्रम आयोजना गरिएको मिडिया फर बोर्डर हार्मोनी नेपालका अध्यक्ष अनिल तिवारीले जानकारी दिए ।
मिडिया फर बोर्डर हार्मोनी, रौतहटका जिल्ला अध्यक्ष किशोरी राय यादवको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा रेबन्त झा, अनिल सिंह, भाजपा नेता रामअशिष पटेल, राष्ट्रिय एकता अभियानका अध्यक्ष विनय यादव, सितामढी अध्यक्ष विश्वनाथ चौधरीलगायतको उपस्थिति रहेको थियो ।

Leave a Reply